सदस्य संस्थाहरूले पशुधन खरिदको लागि दिएको कर्जाको प्रकृति अनुसार अधिकतम रु.१ लाख ५० हजार सम्मको पशुधन कोषबाट सुरक्षण गरिनेछ।
लघुवित्त र विपन्न वर्ग क्षेत्र अन्तर्गतका सदस्य संस्थाहरूले प्रदान गरेको ऋणलाई कोषले सुरक्षण गर्दछ।
यस योजना अन्तर्गत सदस्य संस्थाद्धारा प्रदान गरिएका साना तथा मझौना उद्यम कर्जाको रु. १ करोड सम्म र कोषको पुर्व स्वीकृति लिइ रु ३ करोड सम्मको सुरक्षण हुनेछ ।
यस योजनाअन्तर्गत सदस्य संस्थाले तोकिएको व्यवसायमा प्रवाह गरेको रु एक करोड र कोषको पुर्व स्वीकृति लिई ३ करोड सम्म कर्जा सुरक्षण हुनेछ ।
तोकिएको विषयमा अध्ययन गर्न निश्चित ब्यक्तिलाई सदस्य संस्थाले प्रवाह गरेको १० लाख सम्मको कर्जाको सुरक्षण हुन्छ ।
सदस्य संस्थाहरूले निर्यातजन्य उद्योग र निर्यातजन्य उद्योगबाट उत्पादित वस्तु निर्यातमा दिइने रु ३ करोड सम्मका कर्जाको सुरक्षण हुनेछ जसमा ५० लाख भन्दा माथिका कर्जा सुरक्षण गर्न कोषको पूर्व स्वीकृति लिनुपर्ने छ ।