फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

स्वर्ण जयन्तीको अवसमा कोषद्वारा क्वीज प्रतियोगिता सम्पन्न, एभरेष्ट बैंक पहिलो हुँदा राष्ट्र बैंक तेस्रो

स्वर्ण जयन्तीको अवसमा कोषद्वारा क्वीज प्रतियोगिता सम्पन्न, एभरेष्ट बैंक पहिलो हुँदा राष्ट्र बैंक तेस्रो

काठमाडौं । आफ्नो स्थापनाको ४९ औं वर्ष पुरा गरी ५० औं वर्ष प्रवेश गर्न लागेको स्वर्ण अवसरमा निक्षेप तथा कर्जा सुरक्षण कोषले अन्तर बैंक क्वीज प्रतियोगित सम्पन्न गरेको छ । राष्ट्र बैंकसहित ११ बैंकले भाग लिएको उक्त प्रतियोगितामा एभरेष्ट बैंक पहिलो भएको छ भने नेपाल एसबिआई बैंक दोस्रो र नेपाल राष्ट्र बैंक तेस्रो भएको छ ।

शुक्रबार कोषद्वारा आयोजित अन्तर बैंक क्वीज प्रतियोगितामा नबिल बैंक, एभरेष्ट बैक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, आईसीएफसी फाइनान्स, मेरो माइक्रोफाइनान्स, सांग्रिला विकास बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैक, माछापुच्छ्रे बैक र एनआईसी एशिया बैंकले सहभागित थियो । प्रतियोगितामा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल लगायत कोषका विभागीय प्रमुख तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम कोषको प्रबन्धक मन्दिरा थपलियाले सञ्चालन गर्नु भयो भने दमयन्ती जोशीले क्विज मास्टरले प्रतियोगीता सञ्चालन गरेकी हुन् । पहिलो चरणमा ११ प्रतियोगी समूहबीच प्रतिस्पर्धा भएको थियो भने दोस्रो चरण ५ प्रतियोगी समूहबीच प्रतिस्पर्धा भएको थियो ।

तेस्रो राउण्डमा सञ्चालन भएको प्रतिस्पर्धात्मक खेलमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई कोषका सीईओ घिमिरेले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा सीईओ घिमिरेले यस्ता प्रतियोगिताहरुले सिकाइलाई ताजा बनाउनुका साथै एक आपसमा परिचय अवसर मिल्ने हुँदा यस्ता कार्यक्रम बेला बखत आयोजना हुनुपर्ने अभिव्यक्ति राखेका थिए ।

 

 

source: hamroartha.com/bank/67716/