फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुलाई पशुधन तथा कर्जा सुरक्षण सम्बन्धि अभिमुखीकरण

बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुलाई पशुधन तथा कर्जा सुरक्षण सम्बन्धि अभिमुखीकरण

सुर्खेत – सुर्खेत तथा सल्यान जिल्लाका बैंक, सहकारीकर्मी तथा अन्य बित्तिय संस्थाका प्रतिनिधिहरुलाई पशुधन तथा कर्जा सुरक्षण सम्बन्धि अभिमुखीकरण गरिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा सुर्खेत तथा सल्यान जिल्लामा क्रियाशील सहकारीकर्मी, बैक तथा अन्य बित्तिय संस्थाका प्रतिनिधिहरुलाई आईतबार पशुधन तथा कर्जा सुरक्षण सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारको पुर्ण स्वामित्वमा स्थापित निक्षेप तथा कर्जा सुरक्षण कोषले दिने सेवाहरुका साथै पशुधन तथा कर्जा सुरक्षण सम्बन्धि अन्तरक्रिया गरिएको थियो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बैक, सहकारी तथा अन्य बित्तिय संस्थाहरुले कर्जा लगानी गर्दा त्यसको सुरक्षाका साथै किसानहरुले ऋण गरेर किनेको पशुधनको सुरक्षाका लागि पशुधन तथा कर्जा सुरक्षण जरुरी रहेको बताए । उनले सेवा प्रदायक संस्था र लाभग्राहीहरुले निक्षेप तथा कर्जा सुरक्षण कोषले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी नपाउदा यो सेवा लिनबाट धेरै सेवाग्राहीहरु बन्चित भएको बताए ।
कोषको केन्द्रीय कार्यालयका प्रबन्धक बिक्रान्त आचार्यले पशुधन तथा कर्जा सुरक्षण सेवालाई ग्रामिण स्तरसम्म बिस्तार गर्न कोष लागिरहेको बताए । उनले कर्णालीमा हालसम्म जम्मा १ सय २ जना किसानहरुले मात्र यस कोषबाट पशुधन सुरक्षण सेवा लिएको जानकारी दिए । कोषका नायव प्रबन्धक श्री बिदुर पराजुलीले कर्जा तथा पशुधन सुरक्षण सम्बन्धमा प्रस्तुतिकरण गर्दै सेवा कसरी लिने भन्ने बिषयमा जानकारी गराएका थिए । उनले पशुधन सुरक्षण कार्यक्रमलाई सरल र सहज बनाउँदै पशुपालन क्षेत्रको जोखिमलाई कम गर्न कोष सदैव तत्पर रहेको हुँदा कर्णाली प्रदेशमा रहेका विभिन्न बैंक वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई पशुपालन क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न र पशुपालक ऋणीले खरिद गरेको पशुधनको कोषमा सुरक्षण गराउन आग्रह गरे । कार्यक्रममा कोष र चेतना सामाजिक उद्यमी सहकारी संस्था सल्यानबीच सो सहकारीले पशुपालन क्षेत्रमा गरेको कर्जाबाट ऋणी पशुपालक कृषकले खरिद गरेको पशुधन कोषमा सुरक्षण गर्न गराउन सम्झौता पनि गरिएको थियो ।

https://ekarnalikhabar.com/?p=15875

साधारण सूचनाहरू

सहयोग चाहानुहुन्छ?

टंगाल, काठमाडौँ, नेपाल
+९७७ ०१-४५२१२४१, ४५१०६५९
info@dcgf.gov.np