Phone:
+977-1-4521241, 4510659
Email:
info@dcgf.gov.np

निक्षेप तथा कर्जा सुरक्षण कोष ५०औँ वर्षमा प्रवेश गर्दै, वार्षिकोत्सवका अवसरमा वाकाथोन आयोजना

निक्षेप तथा कर्जा सुरक्षण कोष ५०औँ वर्षमा प्रवेश गर्दै, वार्षिकोत्सवका अवसरमा वाकाथोन आयोजना

काठमाडौं, ३० भदौ । निक्षेप तथा कर्जा सुरक्षण कोष आगामी ४ असोजमा ४९औँ वर्ष पूरा गरी ५०औँ वर्षमा प्रवेश गर्दैछ । कोषले स्वर्ण वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्दैछ । यसैक्रममा शनिबार कोषले वाकाथोन आयोजना गरेको छ ।

स्वर्ण वार्षिकोत्सवको यस ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन उत्साहजनक ढंगले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । शनिबार कोषले बैकिङ्ग अनुशासन सचेतनाका लागि काठमाडौंमा वाकाथोन र फाइभ के फन रन कार्यक्रमको आयोजना गर्यो ।

कोषले आयोजना गरेको उक्त कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी लगायतको उपस्थिति थियो ।

बिभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा कूल ५०० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । उपस्थित हुनु भएका सबै जनाले बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका “लिएपछि बैंकबाट ऋण – तिर्नै पर्छ कुनै न कुनै दिन“, “कर्जाको किस्ताब्याज समयै तिरौं – जिम्मेवार नागरिकको परिचय दिउँ“, “यति कुरा बुझौं है साथी – बैंकको ऋण हुँदैन माफी“ लगायतका वित्तीय सचेतनामूलक बिभिन्न नारा अंकित टि–सर्ट लगाई कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको वाकाथोन तथा फाइभ के फन ÷नको मार्ग कमलपोखरी, ज्ञानेश्वर, नक्शाल भगवती, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समाप्त भएको थियो । सहभागीहरुलाई हौसला प्रदान गरी कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन राजश्व सचिव डा. राम प्रसाद घिमिरे, डेपुटी गभर्नर बम बहादुर मिश्र तथा कोषका सञ्चालकहरु हुम बहादुर के.सी., तुलसी प्रसाद घिमिरे र प्रकाशजंग थापा समेत अन्य सहभागीहरुसँगै वाकाथोन मा पूरै अवधि सहभागी भएका थिए ।

 

Source: https://www.ktmvoice.com/news/51158.html