Phone:
+977-1-4521241, 4510659
Email:
info@dcgf.gov.np

निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंकबीच सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंकबीच सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंक लिमिटेडबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र हिमालयन बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजय नकर्मी, सहायक प्रमुख कार्यकारी अधिकृत सतिस राज जोशी तथा निक्षेप विभाग प्रमुख राजेश भट्टराईको उपस्थिति रहेको थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै हिमालयन बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति बीस लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने छ ।

त्यस्तै वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति दश लाखसम्म, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति दश लाखसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत हिमालयन बैंक लिमिटेडले कोषमा बुझाउनेछ ।

प्रकाशित स्रोत