फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा सुरक्षण

शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा सुरक्षण
  • तोकिएको विषयमा अध्ययन गर्न निश्चित ब्यक्तिलाई सदस्य संस्थाले प्रवाह गरेको १० लाख सम्मको कर्जाको सुरक्षण हुन्छ ।
  • सदस्य संस्थाहरुले प्रदान गरेको कर्जा शिक्षित बेरोजगार व्यक्तिहरूलाई सीप विकास गर्न र आफ्नै व्यवसाय स्थापना गर्न र सञ्चालन गर्न बिना धितो वा सामूहिक जमानीमा ५ लाख सम्म।
  • ४० बर्ष ननाघेका स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता भएका बेरोजगार विद्यार्थिलाई शैक्षिक प्रमाणपत्र धितो रु २५ लाख सम्म कर्जाको सुरक्षण हुन्छ ।
  • सुरक्षण दस्तुर वार्षिक १% तोकिएको छ जसमा ५०% नेपाल सरकारबाट अनुदानको रूपमा प्राप्त हुनेछ भने बाँकी ५०% रकम सदस्य संस्थाले कोषलाई बुझाउनु पर्नेछ ।
  • कोषमा सदस्य संस्थाहरूले दाबी पेश गर्ने अधिकतम अवधि कर्जाको अन्तिम भूक्तानी मितिबाट दुई वर्ष भित्र हुन्छ।
  • क्षतिपूर्ति दर निर्धारित मितिमा बााकी साँवा र व्याज रकमको ८०% सम्म हुन्छ।