बिहिबार, १५ गते वैशाखज्येष्ठ २०८०
फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण

लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण

१. लघुवित्त र विपन्न क्षेत्र अन्तर्गतका सदस्य संस्थाहरूले प्रदान गरेको कर्जा कोषले देहायबमोजिम सुरक्षण गर्नेछ:

  • बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा प्रत्येक व्यक्तिलाई रु. १० लाख सम्म।
  • धितो जमानीमा लगानी गरेको कर्जामा प्रत्येक व्यक्तिलाई रु. २० लाख सम्म।
  • वैदेशिक रोजगारवाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्याक्तिलाई सामुहिक जमानी वा परियोजना धितोमा लगानी गरिएको कर्जामा रु. १० लाख सम्म ।
  • भूकम्प पिडितको निजी आवास निर्माण प्रयोजनमा प्रतिव्याक्ति रु. ३ लाख सम्म ।
  • सक्रिय खेल जीवनवाट निवृत्त खेलाडीलाई व्यबसाय सञ्चालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्याक्ति रु. १० लाख सम्म । 
  • सशस्त्र द्धन्दवाट प्रभावित व्याक्तिको लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्याक्ति वा परिवार रु. १० लाख सम्म ।
  • व्यक्तिगत वा समूह जमानी वा परियोजना धितो अन्तर्गत महिला उद्यमीहरूद्वारा प्रवर्द्धन गरिएका लघु उद्यमहरूको लागि कोषको पूर्व सहमतिमा रु. 15 लाख सम्म ।

२. सुरक्षण दस्तुर वार्षिक ०.८% तोकिएको छ जसमध्ये प्रिमियम रकमको ५०% नेपाल सरकारबाट अनुदानको रूपमा प्राप्त हुनेछ। बाँकी पचास प्रतिशत रकम मध्ये पौष मसान्तमा पच्चीस प्रतिशत र बाँकी पच्चीस प्रतिशत आषाढ मसान्तमा सदस्य संस्थाले कोषलाई बुझाउनु पर्नेछ । 

३. कोषमा सदस्य संस्थाहरूले दाबी पेश गर्ने अधिकतम अवधि कर्जाको अन्तिम भुक्तानी मितिबाट दुई वर्ष भित्र हुन्छ।

4. क्षतिपूर्ति दर तोकिएको मितिमा बाँकी साँवा र व्याजको ७५% प्राप्त हुन्छ जसको पहिलो किस्ता ७०% र बाँकी ३०% रकम दोश्रो किस्तामा पाइन्छ ।