फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

निक्षेप सुरक्षण

निक्षेप सुरक्षण
  • सीमित आय भएका सर्वसाधरण निक्षेपकर्ताहरुलाई बैकिङ तथा वित्तीय संस्थाको निक्षेप प्रतिको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले निक्षेप सुरक्षण कार्यक्रमको शुरुवात भएको हो .
  • नेपाल राष्ट्र बैंकबाट निक्षेप संकलन गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको सुरक्षण कोषले मात्र गर्दछ ।
  • कोषले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिहरुको चल्ती,  बचत वा मुद्दती खातामा जम्मा रहेको रु. ५ लाख निक्षेप सुरक्षण गर्दछ ।
  • सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि बैंक तथा वित्तीय संस्थाले कोष समक्ष निवेदन दिँदा त्यस्तो संस्थाको कुल चुक्ता पूँजीको ०.०५ प्रतिशतले हुन आउने रकम सदस्यता शुल्क वापत बुझाउनु पर्नेछ ।
  • निक्षेप सुरक्षण शुल्क वार्षिक रुपमा नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेबमोजिम (हाललाई ०.१६ प्रतिशत) र त्रैमासिक रुपमा ०.०४ प्रतिशतको दरले गणना गरि बुझाउनु पर्नेछ ।
  • क्विडेशनमा गएको वा खारेजीमा परेका कारणले कुनै सुरक्षित सदस्य संस्थाको सदस्यता कायम नरहेको अवस्थामा समेत लिक्विडेशन वा खारेजीको प्रक्रिया अन्त्य नभएसम्म कोषमा सुरक्षण गरिएको निक्षेप सुरक्षित रहेको मानिनेछ ।
  • सुरक्षित सदस्य संस्था समस्याग्रस्त भई लिक्विडेशन वा खारेजीको प्रक्रियामा रहेको कारणबाट सुरक्षित निक्षेपकर्ताको रकम तत्काल भुक्तानी दिन सुरक्षित सदस्य संस्था असमर्थ भएमा कोषले सम्वन्धित निक्षेपकर्तालाई सुरक्षित निक्षेपको शोधभर्ना दिनेछ ।
  • सम्बन्धित लिक्विडेटरले क्षतिपूर्ति दिनुपर्ने निक्षेप र निक्षेपकर्ताको विवरण कोषलाई उपलब्ध गराउनु पर्नेछ ।
  • कोषले लिक्विडेटरले उपलव्ध गराएको निक्षेपकर्ताहरुको विवरण अनुसार एजेन्ट बैंक मार्फत सम्बन्धित निक्षेपकर्ताहरुलाई क्षतिपूर्ति रकम भुक्तानी गर्दछ ।

 सदस्य संस्थाहरु

  • क वर्गका वाणिज्य बैंकहरु - 2०
  • ख वर्गका विकास बैंकहरु - 17
  • ग वर्गका फाइनान्स कम्पनीहरु -17
  • घ वर्गका लघुवित्त तथा वित्तीय संस्थाहरु - 2

सदस्य संस्थाहरुको सूची