फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

साना तथा मझौला उद्यमी कर्जा सुरक्षण

साना तथा मझौला उद्यमी कर्जा सुरक्षण
  • यस योजना अन्तर्गत सदस्य संस्थाद्धारा प्रदान गरिएका साना तथा मझौना उद्यम कर्जाको रु. १ करोड सम्म र कोषको पुर्व स्वीकृति लिइ रु ३ करोड सम्मको सुरक्षण हुनेछ । 
  • यस्ता कर्जाको प्रिमियम दर वार्षिक ०.६% तोकिएको छ जसमध्ये ५०%  नेपाल सरकारबाट अनुदानको रूपमा प्राप्त हुनेछ। 
  • कोषमा सदस्य संस्थाहरूले दाबी पेश गर्ने अधिकतम अवधि कर्जाको अन्तिम भुक्तानी भएको मितिबाट दुई वर्ष भित्र हुन्छ।

५० लाख रुपैयाँसम्मको सुरक्षण कर्जाको क्षतिपूर्ति दर बाँकी रहेको साँवा र व्याज रकमको ८० प्रतिशत भूक्तानी हुन्छ भने  ५० लाख रुपैयाँभन्दा बढीको ३ करोड रुपैयाँसम्मको सुरक्षित ऋणको क्षतिपूर्ति दर बाँकी रहेको  साँवा र व्याज रकमको  ७० प्रतिशत भूक्तानी हुन्छ ।